नियम
सवारीको सरुवा दर्ता
(१) एक क्षेत्रमा दर्ता भएको सवारी अर्को क्षेत्रमा चलाउनु परेमा सवारीको धनीले साविकमा दर्ता भइरहेको कार्यालयबाट सरुवा दर्ताको सहमतिपत्र प्राप्त गरी त्यस्तो सहमति प्राप्त गरेको मितिले पैंतीस दिनभित्र हाल दर्ता गराउन चाहेको
कार्यालयमा ऐनको दफा २७ बमोजिम अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–८ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा २३ बमोजिम निर्धारित मापदण्डको अधीनमा रही आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको सरुवा दर्ता गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सरुवा दर्ता गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम सवारीको सरुवा दर्ता गरेकोमा कार्यालयले त्यसको जानकारी साविकमा सवारी दर्ता भइरहेको कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि साविक दर्ताको लगत कट्टा गर्नुपर्नेछ ।